६ महिनामा नेपाल भित्रिए ५ लाख ८३ हजार पर्यटक

२ दिन अगाडि

काठमाडौँ - सन् २०२४ को ६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ पुगेको छ । पछिल्लो महिना मात्र ७६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाईमार्ग हुँदै जुन, २०२४ मा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६।२१ प्रतिशतले पर्यटक आगमनको वृद्धि हो । सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए । बोर्डका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३७ हजार ८३५ जना पर्यटक नेपाल भित्र्याएका छन् ।

दोस्रोमा अमेरिका (यूएसए) बाट ८ हजार २८१ जना भित्रिएका छन् भने यसै अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।यसैगरी बंगलादेशबाट ३ हजार ८५७ जना, बेलायतबाट १ हजार ९६९ जना, अस्ट्रेलियाबाट १ हजार ५८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९५३ जना र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

२ दिन अगाडि

प्रतिक्रिया