चलचित्र विकास बोर्डले पायो लोगो

२ दिन अगाडि

काठमाडौं - स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ ।

आइतबार बोर्डको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् ।लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्मांण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्राध्यापक एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् ।

लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ । लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ । चलचित्र ऐन २०२६ को १० ९क० अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यसअघिसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो ।


 

२ दिन अगाडि

प्रतिक्रिया