५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

२ दिन अगाडि

काठमाडौँ - पर्सामा ५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

तीन दिन अगाडि दिदीको डेरामा बस्दै आएका २५ वर्षीय युवकले त्यही घरमा बस्ने नाबालिगलाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।  नाबालिगलाई बलात्कार गरेको आरोपमा वीरगन्ज महानगरपालिका– ३१ का निरञ्जन मण्डल पक्राउ परेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । 

ढुंगेलका अनुसार सोमबार बलात्कार भएको घटनाबारे उजुरी आएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा प्रक्रियामा अगाडि बढिसकेको उनले बताए ।  

२ दिन अगाडि

प्रतिक्रिया