धितोपत्र बोर्ड अध्यक्ष बिबाद थप उत्कर्षमा

२ दिन अगाडि

काठमाडौँ - सर्वोच्च  अदालतमा अर्थमन्त्रालय र छनोट समितिले धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गरेको विरुद्धमा रिट परेको छ । 

सर्ट लिस्ट सूचीमा परेका उम्मेदवार सन्तोष नारायण श्रेष्ठले रिट दायर गरेका हुन् । उनले भने,‘ रिट दर्ता भएको हो, उहाँ आफै आएर दर्ता गर्नु भयो ।’उनले अन्तिम समयमा आएर रिट दायर गर्नु नहुने र कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका हुन् । 

उनले अदालतबाट रद्द भएको  छनोट प्रक्रियालाई सूचारु गर्न परामादेश मागेका छन् भने दोस्रो अहिलेकै प्रक्रिया र उम्मेदवारमध्ये एकजनालाई  सिफारि गर्नुपर्ने दाबी पेश गरेका छन् । उनले गरेको दाबीमा भनिएको छ,‘ धितोपत्रको इतिहासमा आजसम्म  प्रक्रियाको अन्तिम समयमा पुगेको अबस्थामा विभिन्न वहाना बनाई रद्द गर्नु कानुन विपरीत हो ।’ धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको थियो । 

सर्ट लिस्टमा परेका पाँचजनामध्ये तीनजनाले कार्यमूल्यांकन प्रस्तुती नै नदिएपछि बन्द हुने अबस्थामा पुगेको हो । छनोट समितिले महान्यायधिवत्ता कार्यलयबाट राय माग गरेको थियो। कार्यलयले तीन जना पेशगर्नु वा रद्द गर्नु भन्नेराय दिएको थियो । त्यसलाई आधारमान्दै प्रक्रिया रद्द भएको थियो । छनोट समितिका संयोजक मिनबहादुर श्रेष्ठले अनपस्थित पाँचजनामध्ये  तीन जना वा पाँचजनाकै नाम सिफारिस गर्ने प्रस्ताव राखे पनि अर्थ सचिव मधु मरासिनीले रद्द गर्नुपर्ने अडान लिएपछि प्रक्रिया रद्द हुने अबस्थामा पुगेको थियो ।

२ दिन अगाडि

प्रतिक्रिया