यसवर्षको कौसी क्वीन अन्जना जोशी

१ दिन अगाडि

काठमाडाैं- चौथो संस्करणको ‘कौसी क्वीन–२०८१’ सम्पन्न भएको छ।  सोमबार बानेश्वरस्थित होटल अर्यालमा एक कार्यक्रमको आयोजना गरी ‘चौथो कौसी क्वीन–२०८१’ सम्पन्न भएको हो।  चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जनी जोशीले जितिन्। उनलाई कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले विजेताको ताज पहिरिइन्। 
यस वर्षको कोसी क्वीनको फस्ट रनर अप गंगादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिर र थर्ड रनर अप कमलमाया श्रेष्ठ भए।  उनीहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले पुरस्कार वितरण गरेका थिए। 

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो।  बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसी खेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न निजी क्षेत्रबाट आफ्नो कम्पनीले कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए।

१ दिन अगाडि

प्रतिक्रिया