ललितपुर महानगरपालिकाको नगरसभाले पास गर्यो बजेट र नीति तथा कार्यक्रम

२ दिन अगाडि

काठमाडाैं- ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ।

सोमबार बसेको नगरसभाले बैठकले उक्त बजेट पास गरेको हो। असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेकी थिइन्। उनका अनुसार यसअघिकै बैठकमा महानगरको नीति तथा कार्यक्रम पारित भएको थियो। महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ।


 

२ दिन अगाडि

प्रतिक्रिया