रातभर सत्ता राजनीतिमा उथलपुथल, प्रचण्ड सरकार अल्पमतमा

२ दिन अगाडि

 काठमाडाैं- शनिबार नेपाली कांग्रेस र एमालेको अध्यक्ष केपी शर्मा ओलीको बीचको भेटको अन्तरङको कम्पन आइतबार दिनभर  सोमबारको मध्यरातमा गएर टुंगिएको छ । मध्यरातमा आधा आधा प्रधानमन्त्री बन्ने सहमति भएपछि प्रचण्डको सरकार मध्यरातमै अल्पमतमा परेको हो । दुईदलबीच भएको भेटवार्तामा प्रदेश,मन्त्रालयगत छलफल समेत टुग्गो लागेको छ ।

एमालले अर्थ, भौतिक पाउने छ भने कांग्रेसले गृहसहित अन्य मन्त्रालय पाउने दाबी गरिएको छ । मध्यराती सहमति भएपछि राष्ट्रपति कार्यलय पुगेको ओली  देउवाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेर संविधानको धारा ७६ को उपचधार २ बमोजिमको सरकार बनाउनेगरी अघि बढ्ने तयारी छ । बर्तमान सरकार अल्पमतमा परेसँगै राजनीतिक नयाँ कोर्षबाट  अघि बढेको छ ।

संम्भवता आजै प्रधानमन्त्री प्रचण्डसहित रास्वपाको नेताहरुले राजनीनामा दिने कुरा छ । यद्यपी यस विषय बाहिर आइसकेको छैन । प्रचण्डलाई अझै ३० दिनको समय उपलब्ध हुन्छ । विश्वासकोमत लिन नसकेको खण्डमा मात्र उनको सत्ता ढल्छ ।

२ दिन अगाडि

प्रतिक्रिया