कति पुग्यो विदेशी विनिमय दर?

२ दिन अगाडि

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेको थियो । त्यसैगरी, हिजो अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.७६ रुपियाँ र बिक्री मूल्य ८९.१६ रुपियाँ तोकिएकामा आज भने खरिद ८८.८८ रुपियाँ र बिक्री ८९.२८ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, यसदिन कोरियन वन र हङकङ डलरको भाउ भने स्थिर रहेको छ । 

२ दिन अगाडि

प्रतिक्रिया