आज युरोकपमा रोमानिया र नेदरल्याण्डस भिड्दै

२ दिन अगाडि

काठमाडौँ - नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि जारी युरोकप अन्तर्गत आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै छ ।

रोमानिया समुह ई मा ३ खेलमा एक जित एक बराबरी र एक हारसहित चार अंक बटुलेर शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । रोमानियाले पहिलो खेलमा युक्रेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २-० ले हरेको रोमानियाले तेस्रो खेलमा स्लोभाकियासँग १-१ गोलको बराबरी खेलेको थियो ।त्यस्तै नेदरल्याण्डस भने समुह डी मा तेस्रो हुदै नक आउट चरणमा पुगेको छ ।

नेदरल्याण्डसले ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेदरल्याण्डसले पहिलो खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको नेदरल्याण्डसले तेस्रो खेलमा अस्ट्रियासँग ३-२ ले पराजित भएको थियो । अहिलेसम्म नेदरल्याण्डस र रोमानियाबीच कुल १३ खेल भएका छन् । जसमा नेदरल्याण्डसले ९ खेल जितेको छ भने रोमानियाले एक खेल जितेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् ।

२ दिन अगाडि

प्रतिक्रिया