सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु

२ दिन अगाडि

काठमाडौँ - विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु भएको छ। सर्लाहीको बागमती नगरपालिका– ४ का राजेन्द्र तामाङका छोरा ११ वर्षीय रोजित तामाङको सर्पले डसेर मृत्यु भएको हो।

आफ्नै घरमा खेलिरहेका रोजितलाई सोमबार विषालु सर्पले डसेको परिवारका सदस्यले बताएका छन् । ढिलोगरी बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो । केन्द्रमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


 

२ दिन अगाडि

प्रतिक्रिया