भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्मा नेपालमा

२ दिन अगाडि

काठमाडौँ - फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकनका लागि भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्मा नेपाल आएका छन्। 

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले यो फिल्म निमार्ण गर्न लागेको हो ।अभिनेत्री एवं निर्मात्री नीताका अनुसार काठमाडौंमा उनीहरूको दृश्यको छायांकन भइरहेको छ ।

चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भइरहेको फिल्मको सोमबार बिहान ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरू गरिएको थियो।अबको ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए । फिल्मलाई आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारी छ।
 

२ दिन अगाडि

प्रतिक्रिया