‘चीन के गुलाम ओली बन रहे पीएम, क्‍या बीआरआई जाल में फंसेगा नेपाल ?‘

२ दिन अगाडि

काठमाडौं – नेपालमा सत्ता पलटका पछाडि आन्तरिक राजनीतिको मात्र होइन विदेशी शक्तिकेन्द्रको चलखेललाई नकार्न सकिंदैन । यद्यपी सतहमा राष्टिय राजनीतिकै कारणहरु देखिने गर्दछन् । तीन महिना पहिले बनेको माओवादी –एमाले गठबन्धन मध्यरातमा भत्कनुको पछाडि उत्तर दक्षिण छिमेकीको भूमिका अहिले बाहिर आउन थालेको छ । नवभारत टाइम्समा शैलेश कुमार गुप्ता लेख्छन ः ‘नेपाल के पलटूराम केपी शर्मा ओली ने देश के प्रधानमंत्री पुष्‍प कमल दाहाल प्रचंड को समर्थन देने के ३ महीने बाद ही अपना समर्थन वापस लेने जा रहे हैं। केपी ओली की पार्टी सीपीएन यूएमएल अब नेपाली कांग्रेस के साथ मिलकर सरकार बनाने जा रही है। नेपाली कांग्रेस के अध्‍यक्ष शेर बहादुर देउबा और केपी ओली के बीच मुलाकात हुई है और दोनों दलों के बीच नए गठबंधन के लिए रूपरेखा तय की गई। इस सहमति के तहत चीन के बेहद करीबी ओली नए गठबंधन के पीएम बनेंगे। इस बीच शेर बहादुर देउबा ने साफ कर दिया है कि चीन के साथ बीआरआई समझौते में कर्ज का वह समर्थन नहीं करेंगे। उन्‍होंने कहा कि नेपाल को चीन से ग्रांट चाहिए न कि लोन। ’
आफूलाई निकै चतुर मान्ने प्रचण्डलाई ओलीले नराम्रोसँग जिल्लाइदिएका छन् । केही घण्टा पहिलेसम्म प्रचण्डले माओवादीका मन्त्रीहरुलाई ब्रिफीङ्ग गर्ने क्रममा भनेका थिए, ‘यो सरकार लामैसम्म जान्छ । ’ किनकी ओलीले बालुवाटारमै पुगेर उनलाई मरे सँगै मर्ने, बाँचे सँगै बाँच्ने । यसपछि प्रचण्ड सरकार जोगिनेमा ढुक्क थिए । उनले आफूसँग जादु नम्बर भएकोले पनि कसैले हल्लाउन नसक्ने भन्दै थिए केही दिन पहिलेदेखि । तर ओली प्रचण्डभन्दा अझ चतुर देखिए । 
भारतीय पत्रकार शैलेश गुप्ताले भने जस्तै केही हालै नेपाल भ्रमणमा आएका चिनीयाँ उप विदेशमन्त्रीलाई बिआरआइमा हस्ताक्षर गर्न नदिएर खाली हात पठाएपछि चीन पनि यो गठबन्धनसति चिढिएको थियो । चीनको विश्वास टुटाउनको लागि कांग्रेसले बिआरआइ स्विकार गर्नको लागि ऋण होइन अनुदान भनिरहेको थियो । त्यसपछि वातावरण बिग्रिएको थियो । त्यसपछि चीनले केपी ओलीलाई अगाडि सारेको भारतीय पक्षको बुझाइ रहेको छ । 

२ दिन अगाडि

प्रतिक्रिया