सेयर बजार ४७.०४ अंकले वृद्धि

२ दिन अगाडि

काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार ४७.०४ अंकले बढेर २१०० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सबै उपसूचकमा हरियाली छाएको छ । यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १२ करोड ३३ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुडवील फाइनान्सको ११ करोड १० लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस  दिन यूनाइटेड इदिमार्दी हाइड्रोपावरको १० करोड ६९ लाख ४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १० करोड ५२ लाख २९ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १० करोड ९ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन हिमालयन डिस्टीलरीको सेयर मुल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.५४ प्रतिशतले बढेको हो । त्यसैगरी समाज लघुवित्तको ६.९६ प्रतिशत, गुडविल फाइनान्सको ५.७४ प्रतिशत, नेशनल हाइड्रोपावरको ५.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

२ दिन अगाडि

प्रतिक्रिया