लागूऔषध गिरोहबीच झडप हुदाँ १९ जनाको मृत्यु

२ दिन अगाडि

काठमाडौँ- मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र १६ जनाको गोली हानी हत्या गरिएको थियो, अरू तीन जना गाडीको बाहिर मृत फेला परेका थिए । मेक्सिकोको सार्वजनिक सुरक्षा मन्त्रालयले मारिने १९ जना सबै लागूऔषध गिरोहका सदस्य रहेको बताएको छ । घटना भएको क्षेत्र ग्वाटेमालाको सीमा नजिकै पर्छ ।

प्रारम्भिक अनुसन्धानले यो झडप मेक्सिकोको सबैभन्दा शक्तिशाली सिनालोआ कार्टेल र चिपास एन्ड ग्वाटेमाला कार्टेलको बीचमा भएको जनाएको छ । यी दुई वटा समूहले सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएका थिए । मेक्सिको सरकारले ग्वाटेमालासँगको देशको दक्षिणी सीमालाई सुदृढ पार्न थप १२ सय जना कर्मचारी तैनाथ गरेको छ । जहाँ दर्जनौँ तस्कर समूह सक्रिय रहेका छन् । मेक्सिकोमा सन् २००६ यता लागूऔषध तस्करसँग सम्बन्धित ४ लाख ५० हजार जनाको ज्यान गएको सरकारले जनाएको छ ।
-एजेन्सी

२ दिन अगाडि

प्रतिक्रिया