नबिल बैंकले माग्यो ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति

२ दिन अगाडि

काठमाडौं - नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई (३ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ ।

जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो । यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।


 

२ दिन अगाडि

प्रतिक्रिया