राष्ट्र बैंकले  ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

२ दिन अगाडि

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ निक्षेपमा राख्ने भएको छ । 

इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा एक वर्षका लागि उक्त निक्षेप राख्न चाहेको हो । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म कूल ३६६ दिन मुद्दती निक्षेपमा उक्त रकम राख्ने जनाएको हो । इछुक बैंकहरुले उचित ब्याजदरसहित आवश्यक निक्षेपका लागि २०८१ असार २१ गतेसम्म अनलाइन आवेदन दिन आह्वान गरेको छ । 

बैंकको सूचना अनुसार वाणिज्य बैंकहरुका लागि ३६ करोड रुपैयाँ छुट्याइएको छ भने विकास बैंकहरुका लागि ६ करोड ७५ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कूल कर्जा लगानीको ५ प्रतिशत भन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ । 
 

२ दिन अगाडि

प्रतिक्रिया