हिरोले ल्यायो कार्बन फाइबर भएको मोटरसाइकल

२ दिन अगाडि

काठमाडौं - विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो नयाँ विशेष संस्करणको मोटरसाइकल सेन्टेनिअल लिलामीका लागि ल्याएको छ ।

हिरो मोटोकर्पले कम्पनीका संस्थापक बृजमोहन लाल मुञ्जालको १०१औँ जन्मदिनको उपलक्ष्यमा सार्वजनिक गरेको यो बाइक गत जनवरीमा हिरो वल्ड्र इभेन्टमा पहिलो पटक विश्वसामु प्रस्तुत गरिएको थियो ।सोही बेला कम्पनीले हार्ले डेभिडसनमा आधारित आफ्ना दुई नयाँ मोडल एक्सट्रिम १२५ आर र माभरिक ४४० बजारमा ल्याएको बताइएको छ । कम्पनीका अनुसार यो बाइक १०० युनिट मात्रै बनाइ बिक्री गरिने छ । 

यो बाइक कम्पनीको प्रख्यात मोडल हिरो करिज्मा एक्सएमआरको प्लेटफर्ममा आधारित रहेको छ । यसमा कार्बन फाइबर बडी वर्क देखिन्छ । जसलाई एउटै सिटसँगै केही नयाँ कम्पोनेन्ट र फिचरले सजाइएको छ । यसमा पूर्णतया समायोज्य सस्पेन्सन, अक्रोपोभिकको कार्बन फाइबर निकास मफलर छ । १५९ किलोग्राम वजन भएको यो मोटरसाइकलको मूल्य भने निर्धारण गरिसकिएको छैन । कम्पनीले यसमा मोटरसाइकलमा एमआरएफ टायर प्रयोग गरेको छ ।

विशेष घराना र ठूला व्यवसायीका लागि प्राथमिकता दिँदै उत्पादन गरिएको यो बाइक बजारमा बिक्रीमा भने ल्याइएको छैन । यो बाइक आफ्ना कर्मचारी, सहयोगी, व्यवसायिक साझेदार र सरोकारवालालाई मात्र बिक्री गरिने कम्पनीले बताएको छ । यसको मतलब कम्पनीले तोकेको सीमाभित्र नपरेका सर्वसाधारणले यो बाइक किन्न पाउँदैनन् । हिरोले सेप्टेम्बर महिनाबाट यो विशेष बाइकको डेलिभरी सुरु गर्ने बताइएको छ । एजेन्सी

२ दिन अगाडि

प्रतिक्रिया