भारतको हाथरसमा ‘सत्सङ’मा भागदौड हुँदा २७ जनाको मृत्यु

२ दिन अगाडि

काठमाडौँ - उत्तर प्रदेशको हाथरसमा एक धार्मिक आयोजनामा भागदौड हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। 

मारिनेहरुमा तीन जना केटाकेटी पनि रहेको अधिकारहिरुले बताएका छन्। सो भागदौड शिव सत्सङका क्रममा भएको बताइएको छ।  सामुदायिक स्वास्थ्य केन्द्रमा कयौँ शवको तस्बिर देखिएको छ। 

‘यहाँ २७ शव आइपुगेको छ। जसमा २५ वटा महिला र २ वटा पुरुषको छ,’ केन्द्रका प्रमुख डा। उमेश कुमार त्रिपाठीले भनेका छन्, ‘सत्सङमा भागदौड भएको हामीले सुनेका छौँ। तर, थप विवरण थाहा हुन सकेको छैन।’ मारिनेहरुमा तीन जना बालबालिका रहेको एसएसपी राजेश कुमारले जानकारी दिएका छन्। एजेन्सी


 

२ दिन अगाडि

प्रतिक्रिया