बीवाईडी गाडीमाथि प्रतिबन्ध लाग्ने खतरा

मिलोमतोमा अर्बौं कर छलि

२ दिन अगाडि

 काठमाडौँ – चीनबाट आयात हुने बीवाईडी इलेक्ट्रिक गाडीले राजनीतिक वातावरण आफूअनुकूलको बनाएर व्यापक रुपमा कर छली गरेको समाचार प्राप्त भएको छ ।  लगातार कर छली गरेर गाडी भित्र्याएको समाचार बाहिरिएसँगै राजस्व अनुसन्धान विभागले छापा मारेर अनुसन्धान सुरुगरेको थियो । बीवाईडीका गाडीहरुमा पनि कैयौं प्राविधिक त्रुटीहरु देखिएको भुक्तभोगीहरुले आजको अर्थलाई बताएका छन्  । यस्तै कारणले उक्त गाडीमाथि विश्व बजारमै प्रतिबन्ध लाग्ने अवस्था सिर्जना भएको छ ।  
नेपाल ल्याउँदा लामो समयदेखि नै कर छली गरेर ल्याउने गरिएको पाइएको थाहा हुन आएको छ । चिनियाँ गाडी बिक्री गर्ने बीवाईडीको नेपालस्थित बिक्रेता कम्पनी साइमेक्स इंकले लामो समयको गृहकार्यपछि विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममा नै राजनीतिक पहुँचको आधारमा चलखेल गरी गाडीको आयात गरेको देखिएको स्रोत बताउँछ ।  

२ दिन अगाडि

प्रतिक्रिया