एकैदिन १६ सय रुपैयाँले बढ्यो सुन

विहीबार, २० असार २०८१, १० : ४४

काठमाडौं- नेपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको मुल्य बढेको छ । हिजो (बुधबार) प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विहीबार, २० असार २०८१, १० : ४४

प्रतिक्रिया