कुलमानलाई चार ट्रेड युनियनको ढाडस,संसदबाट प्रधानमन्त्रीकाे धम्की

आइतबार, ०६ साउन २०८१, २२ : ३०

काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणका चार क्रियाशील ट्रेड युनियनहरूले उद्योगीहरूसँग डेडिकेटेड र ट्रंकलाइनबाट प्रयोग गरेको बिजुलीको महसुल नउठाई बिजुली नजोड्न चेतावनी दिएका छन्।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै उनीहरूले बक्यौता नउठाउँदा प्राधिकरण गम्भीर वित्तीय संकटमा फस्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन्। 

‘नेपाल विद्युत् प्राधिकरणको भविष्य सिंगो देशको विद्युत् विकासको भविष्यसँग जोडिएकोले प्राधिकरणलाई हानि नोक्सानी हुने काम कहीँ कतैबाट नहुने कुरामा हामी विश्वस्त छौँ,’ कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघ गरी चार संगठनका अध्यक्षहरूले घिसिङलाई लेखेको पत्रमा भनिएको छ, ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा हामी क्रियाशील ट्रेड युनियनहरू नेपाल विद्युत् प्राधिकरणलाई आइपर्ने हरेक चुनौतीको सामना गर्न सदा तत्पर रहने व्यहोरा अवगत गराउँदै प्राधिकरणको हितविपरीत कार्य भएमा आन्दोलित हुन बाध्य हुने अनुरोध गर्दछौँ।’

देशमा आम उपभोक्ताले विद्युतको चरम अभाव बेहोरिरहेको अवस्थामा प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गर्ने उद्योगीहरूले विद्युतको लागतसमेत उत्पादित वस्तु तथा सामग्रीहरूमा समायोजन गरी बिक्री गरेको पनि ती संगठनले स्मरण गराएका छन्। उद्योगीहरूले आफूले उपयोग गरेको विद्युतको महसुल नतिर्न गरिरहेको बहानाबाजी र नतिर्ने परिपाटीले प्राधिकरणको वित्तीय अवस्था कमजोर भई देशको समग्र विद्युत विकासको गतिमा अवरोध हुने स्थिति आउने जोखिम औँल्याएका छन्। यता प्रधानमन्त्री  ओलीले उद्योगीहरू महसुल उठाउनु जायज नभएकाे तर्क दिएका छन् । संसदबाट उनले कूलमानलाइ धम्कि  स्वरूप तुरून्त  लाइन जाेड्न नभए, कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

 

WhatsApp Image 2024-07-21 at 8.08.30 PM
 

आइतबार, ०६ साउन २०८१, २२ : ३०

प्रतिक्रिया