एक वर्षमा २४ करोड ६९ लाखको कन्डम आयात

सोमबार, ०७ साउन २०८१, १६ : ४८

काठमाडौँ - आर्थिक वर्ष २०८०\८१ मा विदेशबाट २४ करोड ६९ लाख रुपैयाँको कन्डम आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको असारदेखि साउनसम्मको अवधिमा २४ करोड भन्दा बढीको कन्डम आयात भएको हो ।यस अवधिमा ३ करोड ९२ लाख ३२ हजार कन्डम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०\८१ मा कन्डमको आयात ३ करोड ४१ लाख रुपैयाँले बढेको हो ।आर्थिक वर्ष २०७९\८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो ।

त्यस आर्थिक वर्षमा ३ करोड ६५ लाखभन्दा बढी कन्डम नेपाल भित्रिएको थियो । जबकि गत आर्थिक वर्षमा मूल्य बढे पनि कन्डमको आयात सङ्ख्या भने घटेको छ । यस्तै आर्थिक वर्ष २०७८\७९ मा १६ करोड ३० लाख रुपैयाँको कन्डम आयात भएको थियो । सो अवधिमा ५ करोड २८ लाखभन्दा बढी पिस कन्डम नेपाल भित्रिएको थियो । सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात ८ करोड ३९ लाख रुपैयाँले आयात बढेको छ ।

सोमबार, ०७ साउन २०८१, १६ : ४८

प्रतिक्रिया