प्रतितोला २४ सय रुपैयाँले घट्यो सुनको भाउ

विहीबार, १० साउन २०८१, ११ : ५३

काठमाडौँ- आज बिहीबार सुनको भाउ प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ रहोकोमा आज आज १ लाख ४५ हजारमा झरेको हो। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ । सुनको मूल्य घटेको दिन चाँदीको मूल्यमा समेत ठुलो गिरावट आएको छ ।

हिजो बुधवार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो प्रतितोला ५५ रुपैयाँको गिरावट हो ।

विहीबार, १० साउन २०८१, ११ : ५३

प्रतिक्रिया