कालीमाटीमा ३४ रुपैयाँले घट्यो बोडीको मुल्य, अन्यको कति ?

शुक्रबार, ११ साउन २०८१, ०९ : ०८

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार तने बोडी, भन्टा, सिमी, तिते करेला, घिरौंला सस्तिएको छ ।

घिरौंलाको मूल्य अघिल्लो दिनको तुलनामा २५ प्रतिशत घटेको छ । तिते करेला १३, घिउ सिमी १९, तने बोडी ३०, भन्टा १३ प्रतिशत घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा तथा रायो साग पनि केही सस्तिएको छ ।

समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ७५, गाजर १००, स्थानीय काउली ८०, लाम्चोरडल्ले भन्टा ७०, तने बोडी ८० रुपैयाँमा कारोबार भएको छ । घिउ सिमी ८०, टाटे सिमी १२०, भटमासकोशा २००, लौका ५०, परवर ७०, भिण्डी ६०, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ । हरियो प्याज २००, न्यूरो ९०, कन्य च्याउ प्रतिकिलो २२०, डल्ले च्याउ ३६० र कुरिलो ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ६८, प्याज ८८ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

शुक्रबार, ११ साउन २०८१, ०९ : ०८

प्रतिक्रिया