सुनको मूल्यमा सामान्य गिरावट

शुक्रबार, ११ साउन २०८१, १२ : ०३

काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार रु ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको  छ । 

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच महासंघले चाँदीका मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो । 

शुक्रबार, ११ साउन २०८१, १२ : ०३

प्रतिक्रिया