सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार, १४ साउन २०८१, ११ : १७

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार, १४ साउन २०८१, ११ : १७

प्रतिक्रिया