नेपालमा सञ्चालन भइरहेका दुई क्यासिनो बन्द

विहीबार, १७ साउन २०८१, १२ : १७

काठमाडौँ - काठमाडौँको होटल साङ्ग्रिला र भैरहवाको रुपन्देही स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालन  हुँदै आएका क्यासिनो बन्द भएका छन् ।

एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रालिले एक सूचना जारी गर्दै  उक्त दुवै क्यासिनोको इजाजतपत्र नवीकरण नगर्ने निर्णय भएकोले गत साउन एक गतेदेखि नै बन्द भएको जानकारी दिएको हो । 

उक्त क्यासिनोसँग कुनै श्रमिकले भुक्तानी रकम लिन बाँकी भए अविलम्ब  कार्यालयमा सम्पर्क राखी युनियनसँगको सो सम्झौता बमोजिमको रकम भुक्तानी लिन समेत एसएचएल म्यानेजमेन्टले आग्रह गरेको छ । 

453756794_507283521775857_8848792983642803583_n

विहीबार, १७ साउन २०८१, १२ : १७

प्रतिक्रिया