भ्रामक समाचार प्रति नेपाल डेरी एसोसिएसनको ध्यानाकर्षण

विहीबार, १७ साउन २०८१, १८ : ०१

काठमाडौँ - अनावश्यक नकारात्मक टिका टिप्पणी गरी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रसारण गरिएको समाचार प्रति  एसोसिएसनको ध्यानाकर्षण भएको छ । 

कसले ? कहाँ ? र कहिले ? यस्तो कार्य गरेको हो भन्ने कुरा नखुलाई समग्र दुग्ध क्षेत्रलाई नै बदनाम हुने गरी समाचार प्रसारण गरिएकोले कोही दोषी भए एसोसिएसन पनि दोषी उपर कारबाही गर्न तत्पर रहेको कुरा प्रस्ट राख्दै नेपालमा बिक्री वितरण हुने कुनै पनि दूध तथा दुग्ध पदार्थमा त्यस्ता खालको अखाद्य मिसावट नभएको र प्रचारप्रसार गरिए जस्तो नक्कली दूध पनि यहाँ हाम्रो देशमा नबन्ने कुरा एसोसिएसन प्रेस विज्ञप्ति  मार्फत बताएको छ ।    

 यदि कोही कसैले कहीँ त्यस्तो गलत प्रक्रिया गरेको पाइएमा वा देखेमा सम्बन्धित निकाय वा खाद्य तथा गुण नियन्त्रण विभागमा खबर गर्न समेत नेपाल डेरी एसोसिएसन सबैमा आग्रह गरेको छ । तर स्वदेशी किसान उद्योग र पुरै व्यवसायलाई नै असर पर्ने गरी बिना प्रमाण बदनाम गराउने उद्देश्यले गरिएका क्रियाकलापमा संलग्न जो कोही भए पनि सम्बन्धित निकायले कानुन बमोजिम कारबाही गर्न समेत अनुरोध गरेको छ । बिना प्रमाण हुने पनि कुराको प्रचारप्रसार नगर्न नेपाल डेरी एसोसिएसनले अनुरोध गरेको छ  । 

Galaxy TV news

विहीबार, १७ साउन २०८१, १८ : ०१

प्रतिक्रिया