प्रतिकेजी ९८ रुपैयाँले महँगियो कुरीलो, अन्य तरकारीको कति ?

शुक्रबार, १८ साउन २०८१, ०९ : ०३

काठमाडौँ-  काठमाडौँमा आलु, प्याज, गाजर, बन्दा, कुरीलो, अनार, आभोकाडोलगायतका तरकारी र फलफूलको भाउ बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघिको तुलनामा आज यी तरकारीहरूको भाउ बढेको हो ।

आज रातो आलुको भाउ बढेर प्रतिकेजी ६८ रुपैयाँ, भारतीय रातो आलुको भाउ ५६ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ५० पैसा र सुकेको प्याज ८२ रुपैयाँ ३३ पैसा पुगेको मूल्यसूचीमा उल्लेख छ । 

त्यस्तै, लोकल गाजरको औसत मूल्य पनि प्रतिकेजी २० रुपैयाँले बढेर ११५ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रुपैयाँ पुगेको छ । यता, चिचिण्डो प्रतिकेजी २० रुपैयाँले बढेर ५५ रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँले बढेर १९० रुपैयाँ, जिरीको साग ४२५ रुपैयाँ, अनार ३९० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ बढीले बृद्धि भएर ४२५ रुपैयाँ र कुरीलो ४२५ रुपैयाँ पुगेको छ । 

शुक्रबार, १८ साउन २०८१, ०९ : ०३

प्रतिक्रिया