काठमाडौँ - ललितपुरको पाटन दरबार क्षेत्रमा तामा चाँदी पित्तल जस्ता धातुका विभिन्न पसल रहेका छन् । आज भोलि कागजका र प्लास्टिकका समान धेरै प्रयोगमा आउने गर्छ र पनि यस क्षेत्रका अधिकांश पसलहरू परम्परा गत समानकामुर्ति थाङ्काका पुरानो किसिमका समानका रहेका छन् । ललितपुरको पाटनमा नै घर भएका रमेश शाक्य यस्तै पुरानो शैलीका मुर्ति तामा, चाँदी , पित्तलका औँठी मुर्ति र विभिन्न समानको पसल सञ्चालन गरेका छन् । हाल प्राय जसो युवाहरू बिदेशिने गर्छन् तर, उनी भने आफ्नो पसल सञ्चालन गरेर बसेका छन् ।
शाक्यले १९९२ बाट त्यो पसल सञ्चालन गरेका् बताृँछन्। आफू एक्लैले उक्त पसल चलाई रहेको बताएका छन् । उनको परिवारमा ८ जना रहेका छन् तर पसलबाट परिवारको खर्च चलाउन नसकिने उनले बताएका छन् । उनले भने, ’ काेरोना भन्दा अगाडी सम्मको व्यापार राम्रो नै थियो , तर व्यापार घटेर अहिले नाजुक अबस्थामा पुगेको छ ।’ पसलमा प्राय विदेशी ग्राहक आउँछन् विदेशीहरूमा पनि चिनिया , तिब्बतीहरू धेरै आउँछन् , कहिले काँहि मात्र नेपाली ग्राहक आउने गरेको उनले बताए । उनले आफ्नो पुखैर्ली पसललाई नै निरन्तरता दिएको छन् । यस्ता सामानहरु कुनै घरमा नै बनाउने र कुनै समान बाहिर बाट ल्याउने गरेको उनको भनाई छ । उनका अन्य भाइहरु पनि यस्तै पेशामा आवद्ध छन् ।
अहिले त राम्रो आम्दानी छैन कयौँ दिन सम्म व्यापार नै हुन् । कोरोना , युक्रेन युद्धहरूले पनि व्यापार प्रभावित भएको उनले बताए । तामा , चाँदीका सामान का लागि ग्राहक आउने गरेको बताए । उनको पसलमा रिँग , सानो मन्दिर ,बुद्धिको मुतिm सानो स्तुपा, ( तिब्बतीहरूले बढी लाने गर्छन्) ,स्टाय्म माने व्रज (हाडको ) पाइने प्रमुख समान हो । पहिलाबाटै यो पसल भएकाले आफूले नि त्यहीँ काम गरेको उनले बताएका छन् ।
बुद्ध धर्मको महत्त्व बोकेको उक्त पसलले धार्मिक परम्परालाई जोगाउन मद्दत गर्ने उनको भनाइ छ । घरेलु तथा साना उद्योग र नगरपालिकाले पनि व्यापारको लागी केहिँ सहयोग नगरेको उनको भनाई छ ।
प्रतिक्रिया