काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज अधिकांश तरकारीको मूल्य सामान्य घटेको छ भने केहीको बढेको छ । कालिमाटीमा हरियो धनिया प्रतिकिलो २२६ रुपियाँमा बिक्री भइरहको छ । हिजो भने यसको मूल्य १७० रुपियाँ थियो । आज ५६ रुपियाँले बढेको हो । त्यस्तै, शनिबार २२५ रुपियाँमा बिक्री भएको कागती ८ रुपियाँ महँगिएर प्रतिकिलो २३३ रुपियाँ कायम भएको छ ।
साथै, यसदिन तामाको भाउ ५ रुपियाँले बढेको छ । हिजो १०५ रुपियाँमा कारोबार भएकामा आज प्रतिकिलो ११० रुपियाँ निर्धारण गरिएको छ । समितिका अनुसार आइतबार लोकल सानो गोलभेंडा १ रुपियाँ सस्तिएर १५ रुपियाँ किलो बिक्री भइरहेको छ भने गाजर ६ रुपियाँले घटेर ११० मा झरेको छ । त्यसैगरी, बन्दा ७५, लोकल काउली ८५, मकैबोडी ११०, टाटे सिमी ९५, चिचिन्डो ३० र न्युरो ८५ मा किनबेच भइरहेको छ ।
प्रतिक्रिया