सिमेन्ट उत्पादक सङ्घको नयाँ कार्यसमिति चयन

आइतबार, २० साउन २०८१, १३ : १५

काठमाडौँ - नेपाल सिमेन्ट उत्पादक सङ्घको २०औँ साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । 

उक्त साधारण सभाबाट सर्वसम्मत रूपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् भने उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् ।त्यस्तै, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् । 

२ वर्षको नयाँ कार्यसमितिको कार्यकाल हुने सङ्घका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । राजन कुमार झा सङ्घको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् । यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगमा देखिएका समस्याहरूको समाधान खोज्ने र सबै पक्षहरूलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुन ढुङ्गा उत्खनन र विघुत बैङ्किङ लगायतका समस्या समाधान का लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

 

 

आइतबार, २० साउन २०८१, १३ : १५

प्रतिक्रिया