प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

आइतबार, २७ साउन २०८१, ११ : १३

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार १सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार, २७ साउन २०८१, ११ : १३

प्रतिक्रिया