प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मुल्य

बुधबार, ३० साउन २०८१, १० : ५२

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । मंगलबार २१ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार, ३० साउन २०८१, १० : ५२

प्रतिक्रिया