काठमाडौं- नेपाली बजारमा आज (आइतबार) छापावाला सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३ हजार रुपैयाँ बढेसँगै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो।
महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन २९ गते १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेर सुनको मुल्ले रेकर्ड कायम गरेको थियो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।खत्रीले स्वदेशमै अन्तराष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताउनु भयो । पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै विद्यार्थीहरु विदेश गईहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तिमा व्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने जिकीर गर्नुभयो । ‘नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको छ । हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्याहरु आइपर्दछ । देखासिकी र लहडमा नजाउँ ।’ नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दा विद्यार्थीले धेरै फाइदा लिन सक्ने बताउँदै अध्यक्ष खत्रीले भन्नुभयो ।
प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरु पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनौट गरेको बताउनुभयो । ‘यहाँ फुलटाइम फ्याकल्टी हुनुहुँदो रहेछ । ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेछ । त्योसँगै आइटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरु पनि रहेछ ।’ कलेजले दिने छात्रवृत्ति पनि आफुलाई मन परेको भन्दै विद्यार्थी अर्यालले भन्नुभयो ।
सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुईचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शिर्षकमा १५ करोड बराबरको छात्रवृत्ति दिईँदै आएको छ ।
गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ । कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ ।
प्रतिक्रिया