एक बर्षमा १४ खर्ब ४५ रेमिट्यान्स भित्रियो

आइतबार, ०२ भदौ २०८१, १४ : ३२

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वृहद् आर्थिक परिदृश्य सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार गत वर्षको तुलनामा रेमिट्यान्स साढे १६ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा नेपालले एक आर्थिक वर्षमा १०.८६ विलियन रेमिट्यान्स भित्र्याएको छ ।  यो अहिलेसम्मकै उच्च हो । कोभिड १९ महामारी नियन्त्रण भएपछि नेपालबाट विदेशिनेको संख्या उल्लेख्य बढेको छ ।

पछिल्लो तीन वर्षमा मात्रै २५ लाख नेपाली विदेशिएको तथ्यांक छ । पछिल्ला वर्षहरूमा प्रमुख श्रम गन्तव्यहरूबाहेक विकसित देशमा स्थायी बसोबास अनुमति लिएर बाहिरिने नेपालीहरूको संख्या पनि उल्लेख्य बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले देशभित्र वस्तु र सेवाको मूल्यमा कमी आउन थालेको जनाएको छ । २०८० असार मसान्तसम्म वार्षिक औसत मूल्यवृद्धि ७.७४ प्रतिशत रहेकोमा २०८१ असार मसान्तमा ५.४४ प्रतिशत रहेको छ । यद्यपी खाद्य उपसमूहको मूल्य वृद्धिभने केही उच्च ६.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आइतबार, ०२ भदौ २०८१, १४ : ३२

प्रतिक्रिया