काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार कीर्तिमानी रेकर्ड कायम गरेको सुनको मूल्य सोमबार भने घटेको हो ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँ घटेको छ । महासंघका अनुसार आजका लागि छापावल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन यो सुन प्रतितोला १ लाख ५२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदीको भाउ स्थिर अर्थात् १ हजार ८१० रूपैयाँ प्रतितोला कायम छ ।
प्रतिक्रिया