प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

विहीबार, ०६ भदौ २०८१, १० : ५४

काठमाडौं- अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार भने घटेको छ । उच्च मूल्यबाट बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको  छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँ रहेको चाँदी आज १८३० मा झरेको छ ।

विहीबार, ०६ भदौ २०८१, १० : ५४

प्रतिक्रिया