सुनको मूल्य सामान्य गिरावट

शुक्रबार, ०७ भदौ २०८१, १२ : ०७

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य घट्दै तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार, ०७ भदौ २०८१, १२ : ०७

प्रतिक्रिया