साउनमा यार्सागुम्बा निर्यातबाट भित्रियो ८ करोड १९ लाख

शनिबार, ०८ भदौ २०८१, १२ : २१

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा २०४ किलो यार्सागुम्बा निर्यात हुँदा ८ करोड १९ लाख ४० हजार रुपैयाँ भित्रिएको छ। 

अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ करोड ७३ हजार रुपैयाँले निर्यातमा गिरावट आएको केन्द्रीय भन्सार विभागले जनाएको छ। अघिल्लो वर्ष (२०८०\०८१)को साउनमा ३७३ किलो यार्सागुम्बा निर्यात हुँदा २३ करोड २० लाख १३ हजार रुपैयाँ भित्रिएको  थियो । 

जस अनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो  वर्ष यार्सागुम्बा निर्यात परिमाणमा २०४ किलो कमी देखिएको छ । चालु वर्षको साउनमा  ६ वटा मूलुकमा यार्सागुम्बा निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा ३ करोड ९८ लाख ९२ हजार रुपैयाँको ६० किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 
 

शनिबार, ०८ भदौ २०८१, १२ : २१

प्रतिक्रिया