सुनको मुल्यमा गिरावट

आइतबार, १६ भदौ २०८१, ११ : ०६

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आइतबार सुनको भाउ १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासघका अनुसार आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार, १६ भदौ २०८१, ११ : ०६

प्रतिक्रिया