घटबढ भएन सुनको मुल्य

मंगलबार, १८ भदौ २०८१, ११ : ३५

काठमाडौं- नेपाली बजारमा मंगलबार सुन(चाँदीको मूल्यमा कुनै परिर्वतन आएको छैन ।

अघिल्लो दिनको मूल्य नै मंगलबार स्थिर रहेको हो । सोमबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुन मूल्य मंगलबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि स्थिर छ ।

सोमबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।

मंगलबार, १८ भदौ २०८१, ११ : ३५

प्रतिक्रिया