कालीमाटीमै सिताके च्याउको मुल्य प्रति प्रतिकिलो १ हजार

शुक्रबार, २१ भदौ २०८१, १० : ०१

काठमाडौं- तरकारी बजारमा धेरै किसिमका च्याउ पाइने गरेको छ । तीमध्येको एक हो– सिताके च्याउ । अरुभन्दा सिताके च्याउ महँगो छ । कालीमाटी फलफूल तथा तरकारी बजारमै शुक्रबार सिताके च्याउ प्रतिकिलो अधिकतम १ हजार रुपैयाँ छ ।

खुद्रा बजारमा भने यो प्रतिकिलो १३ सय रुपैयाँसम्म पर्ने गरेको छ । खुद्रा बजारमा सितिमिति यो उपलब्ध हुँदैन । यसलाई कतिपय क्षेत्रमा मृगे च्याउ भन्ने गरिन्छ । झरीको मौसममा जंगलमा रहेका काठमा उम्रिने गर्छ । यद्यपि हाल यसलाई काठका मुढा तथा धुलो प्रयोग गरेर खेती गर्ने गरिएको छ ।
त्यस्तै कालीमाटी बजारमा राजा च्याउ प्रतिकिलो अधिकतम ३०० रुपैयाँ छ । कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ प्रतिकिलो ४ सय रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार शुक्रबार अधिकांश तरकारीको भाउ स्थिर छ । स्थानीय काउली प्रतिकिलो १००, लाम्चो भन्टा ३५, डल्लो भन्टा ५०, तने बोडी ७०, घिउ सिमी १००, तिते करेला ८०, लौका ६०, घिरौंला ६०, भिण्डी ४०, कुरिलो ४५०, ब्रोकाउली २०० रुपैयाँ छ ।

शुक्रबार, २१ भदौ २०८१, १० : ०१

प्रतिक्रिया