काठमाडौँ - नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रैथाने कृषि हाटबजारको प्रवद्र्धनमा राज्यको ध्यान पुग्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँको दरबारमार्गमा लाग्ने रैथाने कृषि हाटबजारको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् । हाटबजार मेलाको अवलोकनपछि उनले व्यवसायीहरूसँग छलफल समेत गरेका थिए ।
छलफलपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले भनेका छन्– ‘काठमाण्डौ दरबारमार्गमा प्रत्येक शनिबार विहान लाग्ने रैथाने कृषि हाटबजारमा किनमेल तथा व्यवसायीहरूसँग छलफल। यस्ता हाटबजारको प्रबर्धनमा राज्यका सबै तहको ध्यान पुगोस्।’
प्रतिक्रिया