विराटनगरमा प्रदेशमै पहिलो कृषि एक्स्पो हुने

मंगलबार, २५ भदौ २०८१, १४ : ०४

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा प्रदेशमै पहिलो पटक भदौ २७ देखि ३० गते सम्म कृषि एक्स्पो हुने भएको छ । 

कटहरी कृषि थोक बजारमा  हुने उक्त एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको उद्योग वाणिज्य महासंघ कोशीले जनाएको छ । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढी हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्‍याउने उद्देश्यले  एक्स्पो आयोजना गरिएको महासंघको दाबी छ । 

उक्त एक्स्पोमा नविनतम् औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपक्षि प्रदर्शनी, पर्यावरण-मैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार कार्यक्रम, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरूको प्रस्तुति हुनेछ । 

एक्स्पो हुने स्थानमा जम्मा ५ वटा ब्लक छुटयाइएको छ । जसमा ए मा पशुपक्षी, विमा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करीव १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने जनाइएको छ । उक्त एक्स्पो संचालन गर्न १ करोड खर्च हुने अनुमान आयोजकको छ ।

मंगलबार, २५ भदौ २०८१, १४ : ०४

प्रतिक्रिया