GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी भृकुटीमण्डपमा हुदैँ

बुधबार, २६ भदौ २०८१, १६ : ०८

काठमाडौँ- यस वर्षको “GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४” भदौ २८ देखि ३० गते सम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ । 

विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गदै यसै क्षेत्रमा केन्द्रित GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ नेपालको एक मात्र वृहत प्रदर्शनी हो। होटल रेस्टुरेन्ट, पार्टी प्यालेस, खाजारखान घर,सडकपेटी का खाजा बिक्रेता र किराना पसलहरू विगत बीस वर्षमा अनपेक्षित रुपमा धेरै बढेका छन्।

 खाद्य तथा पेय पदार्थ को क्षेत्रमा कुल २५ हजार ५ सय प्रतिष्ठान दर्ता छन्। यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन् । खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या मात्रै ९३८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादनमा र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादनमा संलग्न छन् । त्यसैगरी, पर्यटक आगमनमा भएको पुनरुत्थान र देशैभरी तारे होटलहरूमा भएको महत्वपूर्ण लगानीले नेपालको आतिथ्य उद्योगले उल्लेखनीय वृद्धि पाइरहेको छ। आगामी केहि वर्षभित्र नै ३ देखि ५ तारे स्तरको २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् ।

 विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ । कोभिड-१९ महामारीपछि पर्यटक आगमनमा भएको सुधारका कारण हालैका वर्षहरूमा, नेपालका लक्जरी होटल सञ्चालकहरूले नाफामा पुनस् वृद्धि देखेका छन् । खाद्य मूल्य लगातार उच्च हुनुले बजारको बढ्दो माग र विशेष गरी बढ्दो मध्यम वर्ग र नेपाली आप्रवासी श्रमिकहरूको विदेशी रेमिट्यान्सद्वारा संचालित क्रयशक्तिलाई प्रतिबिम्बित गर्दछ। नेपाल सरकारले तेस्रो मुलुकबाट आयात प्रतिबन्ध फुकुवा गरे पनि खाद्य तथा पेय पदार्थको माग अत्याधिक बढेको छ । नेपाल सरकारले आठ देश चीन, इटाली, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी र स्पेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।

यो खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा, आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकनरचयन गर्न सक्नेछन्। गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको छ। GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरू लाई स्थान प्रदान गर्नेछ। GAI फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये लगभग १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ। GAI FBH ले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस र क्यान्टिन, किराना – पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरूस क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ।

कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको हो तर उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ। एक्सपोको भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ। फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्याउन “साना व्यवसाय मार्ट” पनि सुरुवात गर्दैछ।  यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्छन्।

GAIफूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले प्रत्यक्ष बजार प्रोत्साहनको शक्तिलाई स्पष्ट रूपमा परिभाषित र प्रदर्शन गर्दछ र आगामी २०२४ र २०२५ को लागि गति र प्राथमिकता तय गर्दछ।

बुधबार, २६ भदौ २०८१, १६ : ०८

प्रतिक्रिया