तनहुँमा थपिए सात सय सत्तरी साना उद्योग

शुक्रबार, २८ भदौ २०८१, १३ : २९

काठमाडौँ - आर्थिक वर्ष २०८०\८१ मा पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका छन् ।

कार्यालयले आव २०७९\८० को तुलनामा आव २०८०\८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ । आव २०७९\८० मा ६६ लाख चार हजार दुई सय राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०\८१ मा ५१ लाख चार हजार आठ सय राजस्व संकलन गरेको जनाएको छ ।

त्यसैगरी २०८१\८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।

शुक्रबार, २८ भदौ २०८१, १३ : २९

प्रतिक्रिया