सुनको मुल्य हालसम्मकै उच्च

आइतबार, ३० भदौ २०८१, १० : ५२

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार, ३० भदौ २०८१, १० : ५२

प्रतिक्रिया