चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा

विहीबार, ०३ असोज २०८१, १६ : ३९

काठमाडौँ - चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ। 

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । यस वर्ष  खाद्य व्यापार कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्यन बिक्री गर्ने छ।काठमाडौँ उपत्यकामा  ४ वटा बिक्री कक्ष हुने छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइनेछ। आज असोज ३ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ।

विहीबार, ०३ असोज २०८१, १६ : ३९

प्रतिक्रिया