काठमाडौं- शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । तने बोडी, परवर, घिरौंला, भिण्डी केही बढेको छ भने स्थानीय काउली, चिचिन्डो र टाटे सिमी केही सस्तिएको छ ।
कालीमाटी बजारमा यस दिन भारतीय ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ७० रुपैयाँ छ भने स्थानीय गोलभेँडा २५ रुपैयाँ छ । रातो आलु ७५, भारतीय रातो आलु ६० रुपैयाँकिलो छ ।
प्याज प्रतिकिलो ११५, लाम्चो भन्टा ३०, डल्लो भन्टा ४०, तने बोडी ७०, घिउ सिमी ७०, टाटे सिमी ७०, तिते करेला ६०, लौका ५०, परवर ७० रुपैयाँ प्रतिकिलो छ ।
चिचिन्डो ३०, घिरौंला ७०, भिण्डी ५०, स्कुस ३० रुपैयाँ किलो छ । कन्य च्याउ १६०, डल्ले च्याउ ३५०, राजा च्याउ ३००, कुरिलो ५००, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिक्रिया